साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ८.७८ अंकले बढेर २६६१.७१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ४४.५९ अंकले बढेर बन्द भएको थियो।
आज नेप्सेमा १ सय ८ कम्पनीको सेयर मूल्य बढेको छ। त्यसैगरी १ सय ५७ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५९ कम्पनीको ८९ लाख ६४ हजार २ सय २३ कित्ता शेयर ४३ हजार १ सय ३१ पटक किनबेच भएको छ।
४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७ सय रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार ४ सय १० रुपैयाँको कारोबार भएको थियो।
आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड र अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। १०५ एनआइसी एशिया डिबेन्चर २०८५र८६ को शेयरमूल्य १०।६० प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै लक्ष्मी सनराइज बैंक लिमिटेडको ४१ करोड ३२ लाख रुपैयाँ र १०५ एनआइसी एशिया डिबेन्चर २०८५-८६ को ४० करोड ७७ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
