सागर डिष्टिलरीको आईपीओ अनिश्चितकालका लागि रोक
सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणमा निष्काशन गर्न लागेको प्राथमिक सेयर (आईपीओ) स्थगित भएको छ। बुधबार सार्वजनिक गरिएको सूचनामा कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको जानकारी दिएको हो। सागर डिष्टिलरीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित […]