कारोबार हुने साताको अन्तिम दिन १२ अंकले बढ्यो नेप्से

  • Clock icon
    २०८३ श्रावण १५, शुक्रबार

साताको पाँचौ तथा अन्तिम कारोबार दिन आज शुक्रबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ।

पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्से आज भने बढेर बन्द भएको हो।

आज नेप्से परिसूचक १२.९६ अंक अर्थात् ०.४८ प्रतिशतले बढेर २६८५.५४ बिन्दुमा पुगेको हो। अधिल्लो कारोबार दिन नेप्से परिसूचक १६.२९ अंक अर्थात् ०.६० प्रतिशतले घटेर २६७२.५८ झरेको थियो।

आज नेप्सेमा १ सय ८० कम्पनीको शेयर मूल्य बढेको छ। ८२ कम्पनीको शेयर मूल्य घटेको छ। आज ३ सय ३७ कम्पनीको ४८ लाख ५१ हजार २ सय १६ कित्ता सेयर ४६ हजार ७ सय ५२ पटक किनबेच भएको छ।

आज ३ अर्ब ७५ करोड ९७ लाख २२ हजार ४ सय ४० रूपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २ सय ४८ रूपैयाँको बराबरको कारोबार भएको थियो।

एभरेस्ट कलर लिमिटेडको सेयर १५ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिडी पावर कम्पनी लिमिटेडको १७ करोड २६ लाख ३१ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। ११ उपसमूहमको परिसूचक बढेको छ। २ उपसमूहको परिसूचक घटेकको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन ०.९३ प्रतिशत बढेको छ।

  • Clock icon
    २०८३ श्रावण १५, शुक्रबार