इनम सापकोटासँग जोडिएका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानबिन गर्न नेपाल बारको माग तर डा. मनोज भन्छन् : आफ्नो कुनै चिनजान छैन
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनले बिचौलिया भनिएका इनम सापकोटासँग जोडिएका प्रधानन्यायाधीश र न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ। हाल अनुसन्धानको क्रममा हिरासतमा रहेका इनम सापकोटासँग न्यायाधीश हरि फुयाल र प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाम जोडेर म्यासेज सार्वजनिक भएका छन्। बारले आज बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्ला दिनहरूमा सर्वोच्च अदालतका न्यायाधीश र विवादित […]