भलिबल वरीयताका लागि आज भएको खेलमा नेपाल पराजित
नेपाली राष्ट्रिय महिला भलिबल टोलीले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा १२औँ स्थानमा रहेर यात्रा टुंग्याएको छ। आज मंगलबार जापानको ओकाजाकी चुओ सोगो पार्कमा भएको खेलमा नेपाल मंगोलियासँग ३-० को सोझो सेटमा पराजित भएको हो। ११औँ स्थानका लागि भएको खेलमा नेपाल मंगोलियासँग २३-२५, १७-२५ र १३-२५ ले पराजित भयो। नेपाललाई पराजित गरेपछि मंगोलियाले ११औँ स्थानमा रहेर […]