प्रधानमन्त्री बालेनले पहिलो पटक विदेशीलाई भेट्दै
एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्दाले आज नेपाल आउने भएका छन्। नेपालको सबैभन्दा ठूलो दातृ निकाय एडीबीका अध्यक्षको भ्रमण नेपालमा डेढ दशकपछि हुने भएको हो। सामाजिकदेखि भौतिक पूर्वाधारमा ऋण तथा अनुवादन दिंदै आएको एडीबीको उच्चस्तरीय भ्रमण हुन लागेको हो। आज आएर भोली सोमबार र पर्सी मंगलबार नेपालमा उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम कान्दाको रहेको छ। […]