बुढीगण्डकीको बाढीले १२०० जनाको रोजगारी गुम्यो, निजी क्षेत्रको पुनरुत्थानमा महासंघको जोड
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले आफ्नो ‘६ स्तम्भ, ६० पहल’ कार्यक्रमका सम्बन्धमा आज बुधबार पत्रकारहरूसँग छलफल गरेको छ। छलफलमा महासंघका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीले निजी क्षेत्रको विकास, लगानीमैत्री वातावरण, आर्थिक पुनरुत्थान तथा रोजगारी सिर्जनाका विषयसँगै बुढीगण्डकी क्षेत्रमा आएको बाढीबाट परेको आर्थिक क्षति र त्यसका कारण १ हजार २०० जनाले रोजगारी गुमाएको जानकारी दिए । […]