प्रधान सेनापति ट्रफी–२०८३ सम्पन्न, श्री उपत्यका पृतना प्रथम
गत असोज १२ गतेदेखि सञ्चालन भएको प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता आज कायममुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको थियो । प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समग्रतर्फ श्री उपत्यका पृतनाले […]