विपत्तिमा परी अनाथ भएकाहरुलाई राजकीय संस्कृत विद्यालयको साथ
महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले रसुवाको बाढी तथा विपत्तिमा परी अनाथ भएका १० जना छात्रको कक्षा ८ देखि १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने घोषणा गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले सोमबार आयोजना गरेको राष्ट्रिय शोक दिवसका अवसरमा गुरुकुलले यस्तो घोषणा गरेको हो। ‘यस विनाशकारी […]