आज कुलेखानी जलाशयमा बढ्यो पानी, साइरनमार्फत पूर्वसूचना
मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह केही बढेको छ। अविरल वर्षासँगै जलाशयमा आज शनिबार बिहान पानीको सतह १ हजार ५२३ दशमलव ९० मिटर पुगेको हो। शुक्रबार हिजो राति १२ बजेसम्म उक्त जलाशयमा १ हजार ५२३.६० मिटर पानी थियो। कुलेखानी प्रथम जलविद्युत् आयोजनाका कार्यालय प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयमा हाल मापन गरिएको पानीको सतह जोखिमपूर्ण अवस्थामा पुगेको […]