मन्त्री फेरिए तर हेटौँडा कपडा उद्योग चलेन, निरीक्षण र प्रतिवद्धतामै सिमित
वर्षौँदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने विषय फेरि चर्चामा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्योगको स्थलगत निरीक्षण गर्दै सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको बताएकी छन् । मन्त्री यादवले उद्योग पुनर्जीवनका लागि सरकार गम्भीर रहेको दाबी गरेपनि स्थानीयवासी भने सरकारको प्रतिबद्धताप्रति विश्वस्त देखिएका छैनन्। उनीहरूको भनाइमा […]