नागरिक लगानी कोषलाई जोखिम व्यवस्थापनमा सचेत भएर अघि बढाइने : कार्यवाहक प्रधानमन्त्री
कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले कोषमा सर्वसाधारणको बचत जोडिएकाले यसको लगानीमा सावधानी अपनाउनुपर्ने बताए […]