सुतेकै ठाउँमा खोटाङका कैदीको मृत्यु
खोटाङका एक कैदीको सुतेकै ठाउँमा मृत्यु भएको छ। जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका निशान राई मृत भेटिएका कारागार प्रशासनले जनाएको छ। मध्यराति बेहोस अवस्थामा भेटिएका उनलाई तत्काल जिल्ला अस्पताल दिक्तेल लगिएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिए। असार ३० गते बेलुकाको खाना खाएपछि सुतेका उनको मृत्युको कारण खुलेको छैन। खोटाङकै साकेला गाउँपालिका–४ मात्तिम […]