यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार मीरा राणालाई प्रदान
सरु संगीत घर, टीकाथलीले यस वर्षको सरु संगीत राष्ट्रिय पुरस्कार २०८३ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गरेको छ । नेपाली आधुनिक गीतसंगीतका क्षेत्रमा विगत ६ दशकदेखि पु-याउँदै आएको योगदानको कदरस्वरूप राणालाई पुरस्कार प्रदान गरिएको हो । शनिबार टीकाथलीमा आयोजित विशेष समारोहमा बरिष्ठ संगीतकार सीके रसाइलीले राणालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे । संगीतकार कोमल निरौलाको […]