जलवायु कूटनीतिक शाखा स्थापना भयो नेपालको परराष्ट्र मन्त्रालयमा
विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कुटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कुटनीतिक शाखा’ स्थापना गरेको छ। जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकोले जलवायु कुटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए। मिडिसासँग कुरा गर्दै उनले शाखाले कुटनीतिसँगै जलवायुजन्य विपद्को […]