दशैंभत्ता बुझेसँगै अधिकांश कर्मचारी राजीनामाको तयारीमा
सरकारले बिहीबार प्रतिनिधि सभामा दर्ता गरेको संघीय निजामती सेवा विधेयक, २०८३ ले कर्मचारीको अवकाशको उमेर र सेवाका सर्तमा गर्न खोजेको परिवर्तनले निजामती सेवाभित्र ठूलो हलचल ल्याएको छ । सिंहदरबारमा लामो समयदेखि काम गरिरहेका केही उच्च तहका कर्मचारीले लोकान्तरलाई दिएको प्रतिक्रियाअनुसार विधेयकको प्रस्तावित व्यवस्था कायमै रहे दशैंको तलब–भत्ता बुझेपछि सयौं कर्मचारीले राजीनामा दिने मनस्थिति बनाएका छन् […]