लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा-रामचन्द्र पराजुली
लगातारको वर्षा, बाढी र पहिरोका कारण नेपाल–चीनबीचको स्थलमार्ग व्यापार गम्भीर संकटमा परेको छ । विशेषगरी चीनसँगको मुख्य व्यापारीक मार्ग तातोपानी नाका करिब दुई महिनादेखि पूर्ण रूपमा बन्द हुँदा अर्बौं रुपैयाँ बराबरका सामान चीन र नेपाल दुवैतर्फ अलपत्र परेका छन् । यसले व्यवसायीको लगानी जोखिममा पारेको मात्रै होइन, सरकारको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पु-याएको छ […]