नेपाल स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक २.२५ अंकले घटेको छ ।
यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब शुन्य ८ प्रतिशतले कम हो ।
आज कूल ३५० कम्पनकिो ५६ हजार ८१८ कारोबारबाट ५ अर्ब ५२ करोड ५५ लाख ११ हजार ८७२ रुपैयाँ बराबरका १ करोड १९ लाख ३२ हजार ३५ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
