पूर्वउपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई कैद र जरिवाना
बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलाशले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित दोषी ठहरिएका १६ जना प्रतिवादीहरूलाई कैद र जरिवानाको सजाय सुनाएको हो। यसअघि गत असार २३ गते अदालतले उक्त प्रकरणका कुल ३१ प्रतिवादीमध्ये १६ जनालाई दोषी ठहर गरेको […]