बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको अवलोकनमा पुगे बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित गोरखाको आरुघाट बजार, शान्तिबजारलगायत क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । अवलोकनका क्रममा भट्टराईले गण्डकी प्रदेशका ऊर्जामन्त्री फणिन्द्र देवकोटा, प्रमुख जिल्ला अधिकारी, आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सडक विभागका महानिर्देशकलगायत जनप्रतिनिधि तथा स्थानीयसँग छलफल गरेका छन् । उनले बाढीबाट प्रभावित नागरिकको तत्काल व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनाका लागि […]