काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले नयाँ ब्लु यामाहा एक्सएसआर १५५ देशभरका २० क्षेत्रीय सहरस्थित आधिकारिक डिलरशिपमा एकैसाथ उपलब्ध गराएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा सकारात्मक प्रतिक्रिया पाएपछि कम्पनीले मोटरसाइकलको उपलब्धता क्षेत्रीय बजारसम्म विस्तार गरेको हो । यससँगै ग्राहकले आफ्नो नजिकैको आधिकारिक यामाहा शोरुममा पुगेर मोटरसाइकल अवलोकन गर्न, टेस्ट राइड लिन तथा बुकिङ गर्न सक्नेछन् ।
यामाहाको ‘बिल्ट अन लेगेसी, ड्रिभन बाई पर्फर्मेन्स’ अवधारणामा आधारित एक्सएसआर १५५ मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ । मोटरसाइकलमा १५५ सीसी क्षमताको लिक्विड कुल्ड इन्जिन, भिभिए ९भेरिएबल भल्भ एक्टुएसन० प्रविधि र ६(स्पिड गियरबक्स रहेको छ । कम्पनीका अनुसार यसको डिजाइन र इन्जिनले दैनिक आवतजावतसँगै राजमार्गमा गरिने यात्रालाई समेत लक्षित गरेको छ ।
यसअघि ब्ल्याक, ग्रे र रेड रङमा उपलब्ध एक्सएसआर १५५ मा ग्राहकको मागअनुसार नयाँ ब्लु रङ थप गरिएको कम्पनीले जनाएको छ । नयाँ ब्लु भेरिएन्टको मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार नयाँ रङको विकल्पले नियो–रेट्रो शैलीको मोटरसाइकल खोज्ने ग्राहकलाई थप छनोटको अवसर प्रदान गर्नेछ ।
क्षेत्रीय बजारमा मोटरसाइकल विस्तारबारे एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले एक्सएसआर १५५ प्रति ग्राहकको सकारात्मक प्रतिक्रिया र नयाँ रङको मागलाई सम्बोधन गर्न ब्लु भेरिएन्ट क्षेत्रीय बजारसम्म पुर्याइएको बताए ।
उनले क्षेत्रीय ग्राहक यामाहाको बढ्दो एक्सएसआर समुदायको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै उनीहरूलाई थप विकल्प र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए ।
कम्पनीका अनुसार मोटरसाइकलको क्षेत्रीय विस्तारले स्थानीय ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउनुका साथै देशभर एक्सएसआर प्रयोगकर्ताको समुदाय विस्तार गर्न सहयोग पुग्नेछ ।
ब्लु यामाहा एक्सएसआर १५५ को टेस्ट राइड तथा बुकिङ देशभरका आधिकारिक यामाहा डिलरशिपमा खुला गरिएको छ ।
एमएडब्ल्यू राइड्स प्रालिबारे
एमएडब्ल्यू राइड्स प्रालि नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक हो । कम्पनीले देशभर यामाहाका मोटरसाइकल तथा स्कुटरको बिक्री, प्राविधिक सेवा र ग्राहक सेवामार्फत आफ्नो बजार विस्तार गर्दै आएको छ ।
