रास्वपाकै सांसदले आक्रोषित आशिका तामाङलाई संसदबाट बाहिर पठाए
प्रतिनिधि सभा-ससद बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएकी रास्वपा सांसद आशिका तामाङलाई उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् । प्रधानमन्त्री बालेन साहले आकस्मिक रुपमा प्रश्नको जवाफ दिएर बाहिरिएपछि विपक्षी दलका सांसदहरुले नियमापत्तीको विषय उठाइरहेका बेला आशिका तामाङ आक्रोशित भएकी थिइन् । उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरुले रोकेका थिए […]