गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्याएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रम आयोजना गरी कोइरालाको १६औँ स्मृति दिवस मनाउँदै छन् । कोइरालाको २०६६ चैत ७ गते निमोनियाँका कारण निधन भएको थियो । […]