‘मितज्यू’को ट्रेलर सार्वजनिक, दयाहाङले भने : ‘तेरियाकै कारण फिल्म प्रतीक्षित बन्यो’
नेपाली चलचित्र ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार निर्माण पक्षले एक विशेष कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङ राईले फिल्मले सुन्दर पक्ष पाएको भन्दै अभिनेत्री तेरिया फौजा मगरको प्रशंसा गरे । उनले तेरियाकै कारण फिल्म लामो समयदेखि प्रतीक्षित बनेको उल्लेख गर्दै ट्रेलरबाटै दर्शकले कलाकारहरूको अभिनय देखिसकेको बताए । […]