विमानबाट नेपाल फर्कनेले १५ लाखसम्मको गहना र स्थमार्गबाट आउनेले ५सयभन्दा बढीको भन्सार
सरकारले वैदेशिक रोजगारीबाट जहाज चढेर नेपाल फर्किने र स्थलमार्गबाट फर्किनेलाई कानुनी रुपमै विभेदपूर्ण व्यवहार गर्दै आएको छ । अर्थ मन्त्रालयले हरेक वर्ष बजेट लगत्तै भन्सार ऐनलाई उदृत गर्दै नेपालबाट बाहिर जाने र विदेशी मुलुकबाट नेपालभित्र आउने यात्रुलाई आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तुका सम्बन्धमा सूचना प्रकाशित गर्छ । चलनचल्तीको भाषामा त्यसलाई झिटीगुन्टा […]