आज चतुर्थी, नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा
नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत आज नवरात्रको चौथो दिन अर्थात् आश्विन शुक्ल चतुर्थी। देशभरका घरघरमा स्थापना गरिएका दसैँघर तथा पूजाकोठामा नवदुर्गाको चौथो स्वरूप माता कुष्माण्डा भगवतीको श्रद्धा र भक्तिपूर्वक पूजाआराधना गरिँदैछ। शक्तिस्वरूपा दुर्गा भवानीका नौ स्वरूपको पूजाआराधना गरिने नवरात्रमा प्रत्येक दिनको धार्मिक महत्त्व विशेष मानिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा भगवतीको […]