नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक
सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक यात्रामा आधारित फिल्म ‘तेन्जिङ’को पहिलो ट्रेलर सार्वजनिक भएको छ। ‘हामी ३० वर्षदेखि यो हिमाल चढ्ने प्रयास गरिरहेका छौं,’ ट्रेलरमा सेनाका कर्नेल जोन हन्ट भेला भएका आरोहीलाई भन्छन्, ‘सबैभन्दा पहिले माथि पुग्न बेलायत हामीमाथि निर्भर छ ।’ त्यो हिमाल हो, विश्वकै अग्लो सगरमाथा । जोन हन्टको भूमिकामा विलेम डाफो […]