बदलिदो सन्दर्भमा विस्तृत शान्ति सम्झौताको महत्व
शान्ति सम्झौता नेपालको आधुनिक राजनीतिक इतिहासको एउटा ऐतिहासिक तथा निर्णायक क्षण हो । दशकौँ लामो हिंसात्मक द्वन्द्वको व्यवस्थापन गर्दै मुलुकलाई शान्ति र स्थिरताको मार्गमा फर्काउन यो सम्झौता कोसेढुङ्गा साबित भयो । बाह्रबुँदे समझदारीको जगमा उभिएर तयार पारिएको यो दस्तावेजले तत्कालीन राज्य, संसदीय राजनीतिक दलहरू र विद्रोही पक्ष—तिनै शक्तिलाई ‘विन–विन’को अवधारणामा समाहित गर्न सकेको थियो । […]