‘हानि–नोक्सानी सम्बोधन कोष’ले तीन अर्ब रुपैयाँ सहयोग गर्ने निर्णय गरेसँगै कार्यान्वयन प्रक्रियामा नेपाल
संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा सरकार जुटेको छ। कोषको अस्ति बिहीबार सम्पन्न पहिलो असाधारण ‘भर्चुअल’ बैठकले नेपाललाई दुई करोड अमेरिकी डलर(करिब तीन अर्ब रुपैयाँ) अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको थियो। उक्त सहयोग गत भदौ १० गते भोटेकोसी–त्रिशूली नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित […]