सँगै बसेर रक्सी खाएर हत्या
विराटनगर महानगरपालिका–६ महावीर रोडमा ब्याट्री पसल सञ्चालन गर्दै आएका भारतीय नागरिक लालजीप्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसइबीका कारण गुप्ताको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले हत्यामा संलग्न रहेको आरोपमा विराटनगर–६ का ३७ वर्षीय अब्जर मियालाई मंगलबार साँझ पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानबाट गुप्ताले […]