जनकपुर चुरोट कारखानामा लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सरोकारवालालाई दाबी पेस गर्न २१ दिने सूचना निकालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको यस कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारकका लागि आज सोमबार सूचना जारी गरिएको हो। मन्त्रिपरिषद्ले २०८२ साल वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय […]