प्रधानमन्त्री कार्यालयको चासोले सञ्चारकर्मीलाई बोलाइएको हो : प्रहरी
सञ्चार क्षेत्रमा शुक्रबार भएको धरपकडको घटनामा प्रधानमन्त्रीको सचिवालय र नेपाल प्रहरीको वक्तव्य बाझिएको छ । प्रधानमन्त्रीको सचिवालयले यसमा प्रधानमन्त्री कार्यालयको संलग्नता र पूर्वजानकारी नभएको दाबी गरेको छ । तर, नेपाल प्रहरीले भने प्रधानमन्त्री कार्यालयबाट भएको चासोप्रति क्रियाशील हुँदै सञ्चारकर्मीलाई सत्यता बुझ्न बोलाइएको दाबी गरेको छ । प्रहरी प्रवक्ताको ह्वाट्सएप ग्रुपमार्फत सार्वजनिक गरिएको वक्तव्यमा समाचारको विषयमा […]