आज देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
आज भदौ २२ गते सोमबार देशभर मनसुनी गतिविधि सक्रिय रहने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी पहाडी तथा तराईका केही क्षेत्रमा मेघगर्जनसहित वर्षा हुनसक्ने भएकाले यात्रा, कृषि तथा दैनिक जनजीवनमा आवश्यक […]