आज हेटौँडा-कुलेखानी-काठमाडौँ सडकमा सार्वजनिक यातायात बन्द
स्थानीय प्रशासनले हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आवतजावत गर्ने सडकमा आज यात्रुवाहक सवारी आवागमनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले हिजो बिहीबार सूचना जारी गर्दै आज (मंसिर ४ गते शुक्रबार) यो सडक मार्गमा भाडाका सवारी साधनलाई आवतजावतमा रोक लगाएको जानकारी दिएका हुन्। आज काठमाडौँ हेटौँडा आवतजावत गर्दा यो सडक मार्गको […]