फेसबुकबाट सबैभन्दा बढी साइबर अपराध 

साइबर अपराधसम्बन्धी सबैभन्दा बढी उजुरी गर्ने फेसबुक प्रयोगकर्ता छन् भने कम उजुर गर्नेमा ह्वाट्सएप प्रयोगकर्ता छन्। चार वर्षमा दुई हजार ५४६ जना फेसबुक प्रयोगकर्ताले उजुरी दिएका छन् भने ७३ जना ह्वाट्सएप प्रयोगकर्ताले उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार १७७ जना टिकटक, ८१ जना इन्स्टाग्राम ७३ जना अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताले उजुरी गरेका छन्।

सूचना प्रविधिको विकास र इन्टरनेटको प्रयोग बढ्दै गएसँगै साइबर अपराधसम्बन्धी घटना पनि बढेको पाइएको छ। पछिल्लो चार वर्षमा गण्डकी प्रदेशमा मात्रै दुई हजार ९५१ उजुरी परेका छन् ।

यस अवधिमा सबैभन्दा बढी कास्की र सबैभन्दा कम मनाङमा उजुरी परेका छन् । कास्कीमा एक हजार ६८३ र मनाङमा तीन जनाले उजुरी दिएका छन्।

नेपाल प्रदेश प्रहरी कार्यालय गण्डकी प्रदेशका प्रहरी निरीक्षक प्रकाश पौडेलका अनुसार कास्कीमा आर्थिक वर्ष २०७८-७९ मा ११४ वटा, आव २०७९-८० मा २३२ वटा, आव २०८०-८१ मा ९३८ र चालु आवको वैशाख मसान्तसम्म ३९९ वटा मुद्दा परेका छन् ।

नवलपुरमा आर्थिक वर्ष २०७८र७९ मा ३१ ओटा, आव २०७९-८० मा ४४ ओटा, आव २०८०-८१ मा २०२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ३९९ ओटा मुद्दा परका छन् ।

तनहुँमा आर्थिक वर्ष २०७८-७९ मा १९ ओटा, आव २०७९र८० मा ५२ ओटा, आव २०८०-८१ मा १३७ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४१ ओटा मुद्दा परको प्रहरीले जनाएको छ ।

स्याङ्जामा आर्थिक वर्ष २०७८-७९ मा २४ ओटा, आव २०७९र८० मा ३३ ओटा, २०८०-८१ मा ७३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २९ ओटा मुद्दा परेका छन् ।

बागलुङमा आर्थिक वर्ष २०७८-७९ मा नौओटा, आव २०७९-८० मा नौओटा, आव २०८०-८१ मा ३५ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २८ ओटा मुद्दा परको प्रहरीले जनाएको छ ।

गोरखामा आर्थिक वर्ष २०७८-७९ मा १९ ओटा, २०७९-८० मा ११ ओटा, आव २०८०र८१ मा ६४ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ ओटा मुद्दा परेका छन् ।

लम्जुङमामा आर्थिक वर्ष २०७८-७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन । आर्थिक वर्ष २०७९-८० मा चार ओटा, आव २०८०-८१ मा ७१ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २६ ओटा मुद्दा परेको पौडेलको भनाइ छ।

पर्वतमा आर्थिक वर्ष २०७८-७९ मा १० वटा, आव २०७९-८० मा १७ वटा, आव २०८०-८१ मा ५२ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ११ वटा मुद्दा परेका छन् ।

म्याग्दीमा आर्थिक वर्ष २०७८-७९ मा छ वटा, आव २०७९र८० मा छ वटा, आव २०८०-८१ मा ३६ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म २४ वटा मुद्दा परेका छन् ।

मनाङमा आर्थिक वर्ष २०७८-७९ मा साइबर अपराधसम्बन्धी उजुरी परेको छैन भने आव २०७९-८० मा एउटा, आव २०८०-८१ मा एउटा र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा मुद्दा परेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रदेश कार्यालयमा २०७८-७९ मा दुई ओटा, आव २०७९-८० मा तीन वटा, आव २०८०-८१ मा १३ र चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म एउटा पनि मुद्दा नपरेको प्रहरीले जनाएको छ ।