सुन–चाँदी मूल्यमा नयाँ उचाइ

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले बढेको हो ।

नयाँ वर्षको दिन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर ३ लाख २ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि उच्च दरले वृद्धि भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५५ रुपैयाँले बढेको हो । सोमबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार २२० रुपैयाँ पुगेको छ ।