कृषिमन्त्रीद्धारा बागमती स्वीट्स प्रालिमा शिलबन्दी गर्ने निर्देशन

  • Clock icon
    २०८३ बैशाख ४, शुक्रबार

कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ–११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रालिमा शिलबन्दी गरिएको छ।

गत चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रालिमा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो।

उक्त प्रालिलाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा बिहीबार शिलबन्दी गरिएको हो।

उत्पादन रोक्का गरिएको उक्त प्रालिले सरकारी कार्यालयमै खाजा पुर्‍याएको पाइएको थियो। यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइँदै छ।

मन्त्री चौधरीले आमनागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्दै आएका छन्।

 

रासस