पर्सी बैशाख ८ देखि खुकुरी टि‌ ट्वान्टी कप क्रिकेट हुने

रुपन्देहीस्थित पुरानो क्रिकेट संस्था लुम्बिनी खुकुरी क्लब ले पहिलोपटक टि‌ ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।

२०२७ सालमा स्थापना भएको क्लबले स्थापनाको करिब साढे पाँच दशकपछि नेपाल र भारतका क्लबहरूको सहभागितामा प्रतियोगिता गर्न लागेको हो।

क्लबले बैशाख ८ देखि १५ गतेसम्म ‘खुकुरी टि‌ ट्वान्टी कप क्रिकेट प्रतियोगिता २०८३’ आयोजना गर्ने तयारी गरेको छ। प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशाला, भैरहवा मा सञ्चालन हुनेछ।

प्रतियोगितामा नेपालका १३ र भारतका ३ टोली गरी कुल १६ टोली सहभागी हुने प्रतियोगिता संयोजक नन्दन श्रेष्ठले जानकारी दिए।