अभिकर्तामा नयाँ ऊर्जा थपियो

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तथा मनोरञ्जनात्मक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

चितवनको नारायणगढमा वैशाख ६, ७ र ८ गतेसम्म तीन दिन सञ्चालन गरिएको उक्त कार्यक्रममा क्षमता विकास तालिमसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईँले व्यवसायिक रूपमा सफल अभिकर्ताहरूलाई अझ सक्षम र प्रभावकारी बनाउन यस्ता तालिम कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले ज्ञान र मनोरञ्जनलाई सँगसँगै अघि बढाउने कम्पनीको अभ्यासले अभिकर्ताहरूमा सकारात्मक ऊर्जा थप्ने उल्लेख गरे ।

कार्यक्रममा कम्पनीमा आबद्ध १५० भन्दा बढी अभिकर्ता लिडरहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरका लाइफ इन्स्योरेन्स कोच काजिम रजाले बीमा बिक्री कला तथा व्यवसायिक क्षमता अभिवृद्धिसम्बन्धी विशेष प्रशिक्षण दिएका थिए । व्यवहारिक बिक्री कला सम्बन्धी सेसनले सहभागीहरूमा थप उत्साह र प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ ।

यसैगरी, कार्यक्रमलाई थप आकर्षक बनाउन कलाकार चक्र दवाडी, सुबोध गौतम र सिता न्यौपानेले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले सहभागी अभिकर्ताहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरूको क्षमता विकासका लागि नियमित रूपमा मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।