सहकार्यले स्वास्थ्य सेवामा सहजता

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। यस सहकार्यले बीमित तथा कर्मचारीलाई सहज र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सम्झौताअनुसार बीमा कम्पनीका प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल परीक्षण छिटो, सरल र सहुलियत दरमा उपलब्ध गराइनेछ। साथै, कम्पनीका कर्मचारीहरूले पनि स्वास्थ्य उपचार सेवामा विशेष छुट सुविधा पाउने व्यवस्था गरिएको छ।

लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार बीमालेख खरिद गर्न चाहने प्रस्तावकहरूका लागि आवश्यक मेडिकल जाँच छिटो र सहुलियत दरमा गरिनेछ भने मेडिकल रिपोर्ट पनि प्रभावकारी रूपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुटसहित उपचार सुविधा पाउनेछन्।

यस सहकार्यले बीमा सेवासँग सम्बन्धित स्वास्थ्य परीक्षण प्रक्रियालाई थप सहज बनाउनुका साथै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।