काठमाडौं । पूर्व प्रधानमन्त्री सुशीला कार्की लाई रिपब्लिक मिडिया नेटवर्कले ‘नागरिक नायक’ घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा उनलाई औपचारिक रूपमा उक्त सम्मान प्रदान गरिएको हो।
रिपब्लिक मिडिया नेटवर्कले आफ्नो स्थापना दिवसको अवसर पारेर हरेक वर्ष देशका विभिन्न क्षेत्रहरूमा अतुलनीय योगदान पुर्याएका व्यक्तित्वलाई ‘नागरिक नायक’ घोषणा गर्दै आएको छ। समाज, राष्ट्र निर्माण र सार्वजनिक जीवनमा उल्लेखनीय भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको पहिचान गर्दै उनीहरूको योगदानलाई सम्मानित गर्ने उद्देश्यले यस कार्यक्रमलाई निरन्तरता दिइँदै आएको हो।
यस वर्षको ‘नागरिक नायक’ का रूपमा चयन भएकी कार्कीले न्याय क्षेत्रमार्फत विधिको शासन सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिक अधिकारको संरक्षणमा खेलेको भूमिकालाई र जेनाजी बिद्रोह पछि बनेको सरकार जसलाई राम्रोसंग कार्यसम्पादन गर्दै निर्बाचन मार्फत हालको सरकारलाई सहज तरिकाले नेतृत्व हस्तान्तरण गरि बिदा भएको विशेष रूपमा मूल्याङ्कन गरिएको आयोजकले जनाएको छ। उनको योगदानले राज्य संयन्त्रभित्र पारदर्शिता र उत्तरदायित्वको सन्देश प्रवाह गरेको ठहर गरिएको छ।
रिपब्लिक मिडियाले यस्तो सम्मानमार्फत देशका विभिन्न क्षेत्रमा क्रियाशील प्रेरणादायी व्यक्तित्वलाई उजागर गर्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने प्रयास गर्दै आएको छ। ‘नागरिक नायक’ कार्यक्रम केवल सम्मान मात्र नभई नयाँ पुस्तालाई जिम्मेवार, इमानदार र समर्पित बन्न प्रेरित गर्ने अभियानका रूपमा समेत स्थापित हुँदै गएको देखिन्छ।
कार्यक्रमका तस्बिरहरु :




