काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। आज सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु १०५ ले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९२ हजार ७०० कायम भएको छ भने चाँदी प्रतितोला रु चार हजार ८१० मा कारोबार भइरहेको छ।
हिजो सुन प्रतितोला रु दुई लाख ९४ हजार ५०० र चाँदी रु चार हजार ९१५ मा कारोबार भएको थियो। मूल्य घटेसँगै स्थानीय बजारमा सुनचाँदी खरिद गर्नेहरूका लागि केही राहत देखिएको छ।
