काठमाडौँ । नेपालकै अग्रणी इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सिजीले आफ्नो प्रिमियम श्रेणी सिजी मेरिडिया अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियो बजारमा ल्याएको छ। यसअन्तर्गतको नेपालकै पहिलो एआई प्रविधि युक्त स्मार्ट एयर फ्रायरले छोटो ६ महिनामै नेपाली उपभोक्ताको राम्रो प्रतिक्रिया पाएको छ।
हाल देशभर भइरहेको बेमौसमी वर्षा र ओसिलो मौसमबीच तात्तातो तथा स्वास्थ्यवर्धक परिकार तयार पार्न यो स्मार्ट एयर फ्रायर उपभोक्ताका लागि उपयोगी उपकरणका रूपमा देखिएको कम्पनीले जनाएको छ।
एआई प्रविधि र इन्टरनल क्यामेरासहितको यो उपकरणले खानाको प्रकार र तौल आफैँ पहिचान गरी उपयुक्त तापक्रम र समय स्वतः निर्धारण गर्छ, जसले प्रयोगकर्ताको समय बचत गर्ने दाबी गरिएको छ। साथै सिजी स्मार्ट होम एपमार्फत मोबाइलबाटै खाना पकाउने र निगरानी गर्ने सुविधा पनि उपलब्ध छ।
८ लिटर क्षमताको यो एयर फ्रायरले मध्यम तथा ठूला परिवारका लागि एकै पटक पर्याप्त परिकार तयार पार्न सक्ने क्षमता राख्छ। यसमा रहेको स्मार्ट स्प्रे प्रविधिले खाना बाहिर कुरकुरे र भित्र रसिलो बनाउने बताइएको छ।
त्यस्तै, ९० प्रतिशतसम्म कम तेल प्रयोग गरेर पनि तारेको जस्तै स्वाद दिने भएकाले स्वास्थ्यप्रति सचेत उपभोक्ताका लागि उपयोगी हुने कम्पनीको भनाइ छ। २५ वटा स्वचालित मेनुका कारण समोसा, चिकेन रोस्ट, फ्रेन्च फ्राइजदेखि केकसम्म विभिन्न परिकार सजिलै तयार गर्न सकिन्छ।
उपकरणमा पारदर्शी झ्याल राखिएको छ, जसले पकाउने प्रक्रिया बाहिरबाटै हेर्न सकिने सुविधा दिन्छ। १८०० वाट क्षमताको शक्तिशाली कन्भेक्सन हिटिङ प्रणाली र र्यापिड एयर फ्लो प्रविधिले खाना छिटो र समान रूपमा पकाउने तथा पोषण कायम राख्ने बताइएको छ।
सिजी मेरिडिया स्मार्ट एयर फ्रायर देशभरका २८ वटा शोरुम, सिजी डिजिटल, एलजी शप, अधिकृत विक्रेता सञ्जाल तथा cgdigital.com.np मार्फत उपलब्ध छ। साथै ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा र प्राविधिक सहयोग पनि प्रदान गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अधिकारीका अनुसार नेपाली उपभोक्ताले प्रविधि र स्वास्थ्यप्रति देखाएको चासोले यो उत्पादनलाई छोटो समयमा नै लोकप्रिय बनाउन सफल भएको छ। सिजीले आगामी दिनमा पनि उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नयाँ प्रविधियुक्त उत्पादन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
