नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिको संयोजकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन् ।
भट्टका नातेदारहरूको पनि बोर्ड अध्यक्षका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै राजीनामा दिएका हुन् ।
सरकारले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोग उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।
समितिले आवेदन लिनेसम्मको काम गरेको छ ।
बाँकी प्रक्रिया पूरा गरी अध्यक्षको उम्मेदवार छनोट सिफारिस गर्ने कामका लागि अर्को व्यक्तिलाई संयोजक नियुक्त गर्ने छ ।
