व्यवस्थापनमा मञ्जुश्रीको चमक

काठमाडौं । Manjushree Finance Limited लाई ‘१०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड्स २०२६’ मा ‘बेस्ट म्यानेजमेन्ट फाइनान्स कम्पनी–२०२६’ अवार्ड प्रदान गरिएको छ ।

New Business Age द्वारा आयोजित उक्त समारोहमा उत्कृष्ट वित्तीय सूचक, संस्थागत सुशासन, प्रभावकारी व्यवस्थापन, वित्तीय स्थायित्व, ग्राहक सेवा तथा नवप्रवर्तनमा पुर्‍याएको उल्लेखनीय योगदानका आधारमा कम्पनीलाई सम्मान गरिएको हो ।

कम्पनीका अनुसार यस अवार्डले पारदर्शी व्यवस्थापन प्रणाली, जोखिम व्यवस्थापन क्षमता, डिजिटल बैंकिङ सेवा विस्तार तथा दिगो वित्तीय विकासप्रतिको प्रतिबद्धतालाई थप मजबुत रूपमा स्थापित गरेको छ ।

मञ्जुश्री फाइनान्सले ग्राहक केन्द्रित सेवा तथा आधुनिक वित्तीय समाधानमार्फत वित्तीय क्षेत्रमा छुट्टै पहिचान निर्माण गर्दै आएको जनाएको छ । कम्पनीले पछिल्ला वर्षहरूमा डिजिटल सेवाको विस्तारसँगै ग्राहक अनुभव सुधारमा विशेष ध्यान दिँदै आएको छ ।

कम्पनीले यो उपलब्धिले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रवाह, संस्थागत विकास र नवीन वित्तीय सेवातर्फ थप प्रेरणा मिलेको जनाएको छ ।

हाल कम्पनीका देशभर २८ वटा शाखा कार्यालय र १ वटा विस्तारित काउन्टर सञ्चालनमा रहेका छन् । कम्पनीले विप्रेषण सेवा, मोबाइल बैंकिङ, ईएमआई सुविधासहितको भर्चुअल क्रेडिट कार्ड, एटीएम सेवा, सरल कर्जा तथा आकर्षक ब्याजदरयुक्त निक्षेप योजनामार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।