काठमाडौं । नेपालका लागि बजाज बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले ग्राहकहरूलाई लक्षित गर्दै विशेष ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। ‘नयाँ खोज्नेलाई झ्याम्मै’ भन्ने नारासहित सुरु गरिएको यो अभियानले पुरानो सवारीसाधन साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।
उक्त कार्निभल काठमाडौंको भृकुटीमण्डपमा २०८३ वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म (सन् २०२६ मे ११ देखि मे १७ सम्म) सञ्चालन हुनेछ। कार्यक्रममा सहभागी ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्।
कम्पनीका अनुसार कार्निभलमा पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिनेछ, जसले ग्राहकलाई उचित मूल्य सुनिश्चित गर्नेछ। साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले अधिकतम रु. १ लाखसम्म नगद छुट पाउने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त, कार्यक्रममा सहभागी ग्राहकहरूले सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवा शुल्कजस्ता अतिरिक्त लाभहरू पनि प्राप्त गर्नेछन्। कम्पनीले यो योजना ग्राहकलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य पाउँदै नयाँ बाइकमा सहज रूपमा अपग्रेड गर्ने उत्कृष्ट अवसर भएको बताएको छ।
हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले ग्राहकको आवश्यकता र बजार मागलाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना निरन्तर ल्याइरहेको जनाएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित यो ग्रान्ड एक्सचेन्ज कार्निभलमा सहभागी भई विशेष सुविधा लिन आग्रह गरेको छ।
