सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुन तथा चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार प्रतितोला २ लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर सस्तो भएको महासंघले जनाएको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। शुक्रबार प्रतितोला ५ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ।