काठमाडौं । उच्चस्तरीय टायल तथा सर्फेसिङ समाधानलाई राजधानीमा अझ सहज बनाउने उद्देश्यसहित काजारिया रमेश टायल्स लिमिटेडले तारकेश्वर–जारंखुमा नयाँ शो रुम सञ्चालनमा ल्याएको छ।
हारि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यमा सञ्चालन गरिएको उक्त नयाँ शो रुम गृह निर्माणकर्ता, इन्टेरियर डिजाइनर तथा आर्किटेक्टहरूका लागि उच्च गुणस्तरीय टायल डिजाइन अवलोकन गर्ने केन्द्रका रूपमा रहने कम्पनीले जनाएको छ।
शो रुमको उद्घाटन मे १४, २०२६ मा दिउँसो १ बजे सम्पन्न भएको हो। उद्घाटन समारोहमा काजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवाल तथा मिस नेपाल वर्ल्ड लुना लुइँटेल उपस्थित थिए। साथै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ र वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा समेत प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कम्पनीका अनुसार यो शो रुममार्फत ग्राहकहरूले काजारियाका फ्लोर र वाल टायलका विभिन्न डिजाइन, टेक्सचर र फिनिस प्रत्यक्ष रूपमा अनुभव गर्न सक्नेछन्। यसले घर तथा व्यवसायिक परियोजनाका लागि सही डिजाइन छनोट गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
निर्देशक हिमांशु अग्रवालले हारि ओम टंकेश्वर हार्डवेयरसँगको सहकार्यले काठमाडौं उपत्यकाभित्र सेवा विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार तारकेश्वर क्षेत्रका बासिन्दालाई गुणस्तरीय र आधुनिक डिजाइनका टायल सहज रूपमा उपलब्ध गराउने उद्देश्य रहेको छ।
काजारिया रमेश टायल्स लिमिटेडले नेपालमा आधुनिक प्रविधियुक्त ठूलो टायल उत्पादन केन्द्र स्थापना गर्दै उद्योगमा अग्रणी स्थान बनाएको छ। कम्पनीलाई सुपरब्रान्ड २०२५, एसियाको मोस्ट प्रॉमिसिङ ब्रान्ड तथा विश्वकै आठौँ ठूलो टायल उत्पादक कम्पनीको रूपमा मान्यता प्राप्त छ।
ISO 9001:2015 तथा ISO 14001:2015 प्रमाणपत्र प्राप्त कम्पनी इन्टरनेशनल ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्य समेत हो। हाल कम्पनीले NS क्वालिटी अवार्ड २०२६ समेत प्राप्त गरेको छ।
कम्पनीसँग ३ हजारभन्दा बढी डिजाइन विकल्प उपलब्ध छन्। ग्लेज्ड भिट्रिफाइड टायल, सेरामिक वाल टायल तथा हेभी ड्युटी भिट्रिफाइड टायल लगायतका उत्पादनहरू पानी र दाग प्रतिरोधी, मजबुत र आधुनिक डिजाइनका रूपमा परिचित छन्।
नेपालभर १०० भन्दा बढी शो रुममार्फत सेवा दिँदै आएको काजारियाले गुणस्तर, सौन्दर्य र दीर्घकालीन टिकाउपनलाई आफ्नो प्रमुख विशेषता बनाएको जनाएको छ।
