नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज पनि अमेरिकी डलरको मूल्य बढेको छ। त्यसैगरी अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्रा पनि महँगिएका राष्ट्र बैंकले जनाएको छ।
अमेरिकी डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारको भाउ हिजो पनि बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।
विगत केही दिनदेखि अमेरिकी डलरको विनिमयदर निरन्तर बढ्दै आएको छ। हिजो पनि अमेरिकी डलरले हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको थियो।
हिजो अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ १६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ७६ पैसा थियो।
त्यसैगरी आज युरो १ को खरिददर १७९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १८० रुपैयाँ ०१ पैसा छ। हिजो युरो १ को खरिददर १७९ रुपैयाँ १२ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८२ पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०७ रुपैयाँ १४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९४ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा थियो।
त्यसैगरी अस्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ १६ पैसा र बिक्रीदर ११० रुपैयाँ ५९ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा थियो।
आज कुवेती दिनार १ को खरिददर ५०३ रुपैयाँ ९८ पैसा र बिक्रीदर ५०५ रुपैयाँ ९३ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ५०२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ५०४ रुपैयाँ ४३ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ४१० रुपैयाँ ०५ पैसा र बिक्रीदर ४११ रुपैयाँ ६४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ४०८ रुपैयाँ ८० पैसा र बिक्रीदर ४१० रुपैयाँ ४० पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
