काठमाडौं । नेपालमा पछिल्लो समय वृद्ध मात्र नभइ युवा अवस्थाका मानिसमा पनि ह्दयघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । पछिल्लो समय युवाहरुमा ह्दयघातको जोखिम बढेको छ । जनचेतनाको कमी र समयमै परीक्षण नहुँदा मुटुरोगबाट हुने असामयिक मृत्युको संख्या बढ्दै जान थालेको छ ।
मुटुरोगलाई विश्वभरकै प्राणघातक रोगमध्ये एक मानिने गरिन्छ भने नेपालमा पनि मृत्यु हुने प्रमुख कारणमध्ये मुटुरोग पनि एक हो ।
धेरै मानिसले प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने, नियमित स्वास्थ्य परीक्षण नगर्ने तथा उपचारमा ढिलाइ गर्ने कारण रोग जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल पुग्ने गरेका छन् । जसका कारण उपचार कठिन हुनुका साथै मृत्युको जोखिम समेत बढ्ने गरेको छ ।
मुटुसम्बन्धी समस्या समयमै पहिचान गर्न विभिन्न प्रकारका परीक्षणहरू गरिने गरिएको छ । मुटुमा ब्लक भएको शंका लागेमा वा परीक्षणमा ब्लकको संकेत देखिएमा त्यसलाई ‘पोजेटिभ टेस्ट’ गरिने गरिन्छ । पोजेटिभ नतिजाले मुटुको नलीमा अवरोध हुन सक्ने सम्भावना देखाउँछ ।
यसै सन्दर्भमा नेपाल न्यूज बैंकले मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठसँग गरिएको कुराकानीमा उनले विशेषगरी सुरुमा ब्लक भएको छ छैन् भन्ने शंका भएको अवस्थामा ट्रेडमिल टेस्ट गराउँछौँ र त्यो टेस्टको रिपोर्ट खराबी देखिएको अवस्थामा अथवा त्यसमा ब्लक भएको शंका लागेमा एन्जियोग्राम जाँच गराउने बताए ।
उनले भने, ‘विशेषगरी सुरुमा ब्लक भएको वा नभएको शंका लागेको अवस्थामा ट्रेडमिल टेस्ट गर्छौं र गराउँछौँ । ट्रेडमिल टेस्टको रिपोर्टमा खराबी देखिएको अवस्थामा अथवा त्यसमा ब्लक भएको शंका लागेमा गर्ने भनेको जाँच नै हो । यस्तालाई एन्जियोग्राम जाँच भनिन्छ ।’
उनले मुटुमा ब्लक भएको शंका लागेमा वा परीक्षणमा ब्लकको संकेत देखिएमा यस्तो अवस्थामा थप पुष्टि गर्न एन्जियोग्राफी गरिने बताए ।
डा. श्रेष्ठले यो परीक्षण निकै महत्वपूर्ण भएको बताउँदै बिरामीलाई धेरै दुःख नदिई, सुई नलगाई तथा खाली पेट बस्न नपरी परीक्षण गर्न सकिने जानकारी दिए । उनले यो परीक्षण सामान्यतया १० देखि १५ मिनेट भित्र गर्न सकिने बताए ।
उनका अनुसार यसमा ब्लक देखिएको शङ्का लागेको अवस्थामा एन्जियोग्राफि गरिन्छ । जुन क्याथल्याबमा भन्ने ठाउँमा गरिन्छ । एन्जियोग्राफि गर्दा हातबाट तार छिराएर ब्लग के कति छ भनेर स्पष्ट रूपमा पत्ता लगाइन्छ । ब्लग देखिएका एन्जियोप्ट उपचार त्यसैको आधारमा गरिन्छ ।
उनले भने, ‘मुटुमा ब्लग भएको शङ्का लागेमा वा ब्लकको इम्प्रेसन भएको देखिएमा पोजेटिभ टेस्ट भनेर रिजल्ट दिन्छौ । पोजेटिभ भनेको ब्लग देखिने सम्भावना हो । यसमा ब्लक देखिएको शङ्का लागेको अवस्थामा एन्जियोग्राफि गरिन्छ । जुन क्याथलक भन्ने ठाउँमा गरिन्छ । त्यहाँ हातबाट तार छिराएर गरिन्छ । ब्लग के कति छ भनेर पत्ता लगाइन्छ । ब्लग देखिएका एन्जियोप्ट उपचार त्यसैको आधारमा गरिन्छ ।’
उनले मुटुको ब्लक हेर्ने जाँचलाई एन्जियोग्राम भनिन्छ भने उपचारलाई एन्जियोप्लास्टी भनिने उल्लेख गरे ।
उनले भने, ‘मुटुमा ब्लकको शंका लागेमा ब्लक छ कि छैन हेर्ने जाँच गर्ने ठाउँ तथा ब्लक रहेमा ब्लकको उपचार गर्ने ठाउँ हाम्रो भाषामा क्याथल्याब भन्दछौँ । मुटुको ब्लक हेर्ने जाँचलाई एन्जियोग्राम भनिन्छ भने उपचारलाई एन्जियोप्लास्टी भनिन्छ ।’
उनका अनुसार विशेष ल्याबमा बिरामीलाई सुताएर यहाँ भएको विशेष क्यामेराको माध्यमबाट र हातबाट सानो तार छिराएर औषधि हालेर मुटु र रक्तनलीमा औषधि पुगेपछि त्यो क्यामेराले खिचिन्छ, यसको हाम्रो यस्तो स्क्रिनमा प्रष्ट रूपमा देखिन्छ । स्क्रिनकोमा देखिएको इमेजहरूको आधारमा एनालाइसिस गरेर यसमा कति ब्लक छ, छैन भन्ने कुरा चाहिँ निक्र्यौल गर्दछौँ ।
उनले भने, ‘विशेष ल्याबमा बिरामीलाई सुताइन्छ साथै यसमा भएको क्यामेराको माध्यमबाट र हातबाट सानो तार छिराएर औषधि हालेर मुटु र रक्तनलीमा औषधि पुर्याइन्छ । अनि त्यो क्यामेराले खिचिन्छ । त्यो हाम्रो स्क्रिनमा प्रष्ट रूपमा देखिन्छ । स्क्रिनमा देखिएको इमेजहरूको आधारमा एनालाइसिस गरेर कति ब्लक छ वा छैन भन्ने कुरा पत्ता लगाउछौं । यदि ब्लक भएमा वा खोल्नुपर्ने अवस्थामा यसै ल्याबमा यस्तै उपचार प्रविधिबाट ब्लक खोल्ने, स्टेन्ट राख्ने वा एन्जियोप्लास्टी भन्ने उपचार गरिन्छ ।’